सलिकोद्धारा आगलागी पीडितलाई सहयोग

सलिकोद्धारा आगलागी पीडितलाई सहयोग

काठमाडौं, असार २

सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगलागी पीडितलाई सहयोग गरेको छ । निर्जीवन बीमा क्षेत्रमा चीरपरिचित तथा विश्वासिलो नाम सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लि. व्यवसायिक दृष्टिकोणबाट मात्र अब्वल नभई समाज प्रतिको दायित्व निर्वाहमा समेत अग्रणी स्थानमा रहेको कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त सहयोग गरेको हो ।  

कम्पनीले विगत देखि नै विपदको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विनियोजित रकमबाट प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको र २०८१ साल बैशाख १८ गते सप्तरी जिल्ला महादेव गाउंपालिका १ चिम्टिमा आगलागीका कारण प्रभावित ६६ घर परिवारलाई कम्पनीले आफ्नो लाहान स्थित शाखा कार्यालय मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख बरावरको खाद्यान्न लागायतका राहत सामाग्रिहरु वितरण गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री चंकी क्षेत्रीले जानकारी दिए । साथै उनले राहत वितरण कार्यक्रम यही असार एक गते कम्पनीको लाहान शाखाका शाखा प्रमुख तथा स्थानीय भद्रभलाद्मीहरुको उपस्थितिमा राखिएको जानकारी समेत गराएका छन् ।