हिमालयन बैंकद्धारा त्रिपुरेश्वर शाखा स्थानान्तरण

हिमालयन बैंकद्धारा त्रिपुरेश्वर शाखा स्थानान्तरण

काठमाडौं, असार २

हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखा स्थानान्तरण गरेको छ । बैंकका अनुसार सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका वडा नं ११, थापाथलीबाट आषाढ २ गते देखि थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा गरेका हुन । 

यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आईतबारदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ । हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटिएम,  ६,५०० भन्दा बढी पस टर्मिनल्स र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।