सिद्धार्थ बैंकद्वारा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैंयाँ सहयोग

सिद्धार्थ बैंकद्वारा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैंयाँ सहयोग

काठमाडौं, असार ३

सिद्घार्थ बैंक लिमिटेडले बालबालिकाहरुका उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोग स्वरुप एक करोड प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्रा. डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् । ​​​​बालबालिकाहरु राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरुको स्वास्थ्यमा निर्भर हुने मान्यताको साथ बैंकले यस कल्याणकारी कार्यमा सहभागिता जनाएको हो ।

यस सहयोगले बाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम् भुमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको छ । बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पु¥याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ । ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले आफ्नो ग्रहक सेवा केन्द्र (सिद्घार्थ केयर– ०१–५९७००२०, मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४ सै घण्टा गर्दै आएको छ ।