माया बस्यो’ मा सुरेश र डा. एलिया सोयवको रोमान्स
_SkrMd2d1Uj_agtqgty8zobf2dh42pa5cccqoqzvq0shfm0xg6c8oqnq1foxxwxoxzkmjym3_oW7g8xg2A8_lg8oy7etyy7et1yqzcufgsvqydfbiufuoiexd8tatlrkcsws3nkqhksojonv.jpg)
काठमाडौं, असार ३
चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल डा. एलिया सोयव अभिनित रोमाण्टिक म्युजिक भिडियो ’माया बस्यो’ सार्वजनिक भएको छ । यस गीतमा गायक सुरेश लामाको सुमधुर स्वर सुन्न सकिन्छ । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा. एलिया सोयव र सुरेश लामाको रहेको छ ।
गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा एलिया र सुरेशको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको छ । निर्मल कुमार लामा (बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक लामाको युट्युव च्यानल ’सुरेश लामा’ मार्फत सार्वजनिक भएको हो ।
नेपाल र नेपालीलाई अति नै माया गर्ने डा. एलिया सोयव गायक सुरेश लामाको टिकटक जोडीको रुपमा नेपाली फ्यानहरुमाझ लोकप्रिय छिन् ।
अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील परिवारको रुपमा चिनिन्छ । ’माया बस्यो’ म्युजिक भिडियोलाई हेरेर, सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन् ।
भिडियो लिंक