इन्टरनेशनलडे अफ फेमली रेमिट्यान्स सम्वन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न

इन्टरनेशनलडे अफ फेमली रेमिट्यान्स सम्वन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौ, असार ३

इन्टरनेशनल डे अफ फेमली रेमिट्यान्स सम्वन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्द्र बैंकको सहकार्यमा आईतबार आरण्य बुटिक होटल हात्तिसारमा उक्त गोष्ठी सम्पन्न भएको हो । नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सम्चालित गोष्ठिको प्रमुख अतिथीमा नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाको उपस्थिती रहेको थियो भने नेपाल राष्ट्र बैंक, विदेशी विनिमय ब्यबस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धर विशेष अतिथीको रुपमा उपष्थित भएका थिए । रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुसमेतको सहभागितामा आयोजना गरिएको उक्त कार्यक्रममा रेमिट्यान्स क्षेत्रसंग सम्वन्धित विविध विषयहरुलाई समेटेर कार्यपत्र प्रस्तुत गरिएको थियो । 

प्रमुख अतिथी कार्यवाहक गभर्नर डा. तिम्सिनाले आफ्नो मन्तव्य राख्दै नेपालमा रेमिट्यान्स आप्रवाह बढिरहेको र नेपाल र नेपालीको अर्थतन्त्र सुधार्न आप्रवाह रेमिट्यान्सले महत्वपूर्ण भुमिका खेलेको स्मरण गराउँदै बैधानिक तबरले रेमिट्यान्स भि¥याउन नेपाल राष्ट्र बैंकनेपाल मुद्रा विप्रेषक संघसँग मिलेरसहकार्य गर्न सदैव तयार रहेको पनि बताए । यसैगरी अतिथीद्धय नेपाल राष्ट्र बैंक, विदेशी विनिमय ब्यबस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरले पनि रेमिट्यान्सको समसामयिक विषयमा रहेर आफ्ना भनाईहरु राखेका थिए ।

नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुले स्वस्थ प्रतिस्पर्धा गर्नसके रेमिट्यान्समा बृद्धि हुन गई विदेशी मुद्रा सञ्चितीमा बढोत्तरी हुने, रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुको आम्दानीमा बृद्धि हुन गर्ई राजश्व योगदानमा समेत उल्लेखनीय बृद्धि हुने भन्दै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको जानकारी गराए। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमन पोखरेल, उपाध्यक्ष रितेश मित्तल तथा महासचिव सञ्जय सिग्देलले आ आफ्नो भनाई राखेका थिए ।