कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’

कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’

काठमाडौं, असार ३

कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोश्रो चरण आयोजना हुने भएको छ । ‘सक्षम’ नेपालभरका महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नका लागि ८ मार्च, २०२२ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका–कोला नेपालले सुरु गरेको थियो । हाल सम्म सक्षमद्वारा २,००० भन्दा बढी महिलाहरुले सशक्तिकरण तथा उद्यमशीलताको तालिम प्राप्त गरिसकेका छन् । 

‘सक्षम’ कार्यक्रमको बारेमा बोल्दै कोका–कोला नेपालका निर्देशक चन्द्रिका कालियाले भनिन, “हामी नेपालमा महिला उद्यमीहरूलाई थप सशक्त बनाउँदै हाम्रो सक्षम कार्यक्रमको दोस्रो चरणको यात्रा जारी राख्न पाउँदा अत्यन्त हर्षित छौँ । हामी नवप्रवर्तन, दिगोपन र समावेशीतालाई प्रवर्धन गर्नेे अवसरहरू सिर्जना गर्नु पर्नेमा विश्वास गर्छौँ । सक्षममार्फत हामीले नयाँ उद्यमीहरूलाई सहयोग गर्ने मात्र नभई देशको आर्थिक र सामाजिक विकासमा पनि योगदान पु¥याउने लक्ष्य राखेका छौँ । सक्षम कार्यक्रममा सहभागी महिलाहरूले उनीहरूको समुदायमा पारेका प्रभाव र उद्योगमा ल्याएको परिवर्तनदेख्न पाउँदा हामी निकै उत्साहित छौं ।”

२०२४ मा बृहत समीक्षाद्वारा छनोट गरेपछि मे ३१, २०२४ मासुरु गरिएको सक्षम कार्यक्रममा विशेषज्ञहरुद्वारा महिला नेतृत्व, कम्पनी वैधता, वित्त पहुँच, र सर्कुलर अर्थतन्त्र जस्ता विभिन्नसत्रहरू संचालन गरिएको थियो । दुई–महिने कार्यक्रममा लैङ्गिक अधिकार, नेतृत्व, जलवायु परिवर्तन, कानुनी प्रक्रिया, मार्केटिङ, र वित्त लगायत विभिन्न विषयका सत्रहरू समावेश थिए । उक्त कार्यक्रममा कृषि, हाइड्रोपोनिक्स, मानसिक स्वास्थ्य, सांस्कृतिक सम्पदा प्रवद्र्घन, प्रविधि र अन्य विषयको प्रतिनिधित्व गर्ने ४० भन्दा बढी महिलाहरुले आवेदन दिएका थिए । आवेदक ४० मध्येबाट १० उत्कृष्ट महिलाहरुलाई कार्यक्रममा समावेश गरिएको छ । २०२४ को सक्षम कार्यक्रमका लागि छनौट भएका सहभागिहरुमा अर्चना श्रेष्ठ, ईन्दु श्रेष्ठ, लुभिना शाक्य, प्रतिमा बस्याल, रचना पौडेल, रोजि महर्जन, सविना चौधरी, सुस्मिता पौडेल, श्रेया मल्ल, र श्रेया चोच्छे रहेका छन् । 

आफ्ना नवीन विचारहरूलाई प्रभावकारी उद्यममा रूपान्तरण गर्न इच्छुक यी महिलाहरुलाई उक्त कार्यक्रममा विभिन्न श्रोत, साधन तथा विज्ञहरु उपलब्ध गराईने छ । २०२२ मा सुरु भएको सक्षमको कार्यक्रमको मूख्य उद्देश्य महिलाहरुमा उद्यमशीलताको विकास गर्नु रहेको छ । यो कार्यक्रमले नेपाली महिलाहरुले संचालन गरेका साना तथा मझौला उद्योगहरुको क्षमता विकास गर्ने काम गरिरहेको छ । २०२३ सम्ममा यो कार्यक्रमले वृहत संजालको विकास गर्दै २,००० भन्दा बढी महिलाहरुको क्षमता विकासमा काम गरेको छ । यस वर्ष सक्षम कार्यक्रमको तेश्रो सशक्तिकरर्णलाई नेपालभर जारी राख्दै थप १,००० महिलाहरूलाई कोका–कोलाको संजालमा जोड्ने तयारी भईरहेको छ । 

कोका–कोलाले बोटलर्स नेपाल लिमिटेडसँगको सहकार्यमा महिला खुद्रा बिक्रेता र साना रेस्टुरेन्ट व्यवासयहरूलाई वित्तीय साक्षरता, आतिथ्यता र सरसफाइ व्यवस्थापनसम्बन्धी तालिममार्फत सहयोग गर्ने कार्य जारी राखेको छ ।