मन्जुश्रीको तलब बचत खाता योजना सुरु

मन्जुश्रीको तलब बचत खाता योजना सुरु

काठमाडौं, असार ३१

मन्जुश्री फाइनान्सले आफ्नो ग्राहकको सुबिधाको लागि मन्जुश्री तलब बचत खाता संचालनमा ल्याएको छ । विशेषत कर्मचारीहरुको सुबिधाको लागि ल्याइएको यो खातामा १० लाख सम्मको दुर्घटना बीमाको साथै १ लाख सम्मको घातक रोगको लागि समेत बीमाको सुबिधा उपलब्ध गराएको छ ्र खाता संचालन भएदेखि ५ वर्षसम्म निशुल्क मोवाईल बैंकिङ तथा एटिएमको सुबिधा समेत रहेको एस तलब बचत खातामा फाइनान्सले उच्चतम ब्याजदर दिने छ । 

फाइनान्सले यस तलब बचत खाता अन्तरगत सुलभ ब्याजदरमा अधिकतमरु १५ लाखसम्मको कर्जा बिना धितो मै आफ्ना ग्राहकलाइ दिने सुबिधा उपलब्ध गराउने छ । आफ्नो २७ शाखाहरु द्वारा सेवा पुर्याइरहेको एस फाइनान्सले करिब १ लाख १० हजार ग्राहकलाइ सेवा पुर्याउदै आएको छ । मन्जुश्री फाइनान्सले जेठ मसान्तसम्म १७ अर्ब ८३ करोड निक्षेप संकलन, र १५ अर्ब ५० करोड कर्जा प्रबाह गरेको छ ्र मन्जुश्री फाइनान्सले पछिल्लो त्रैमासमा १५ करोड रुपैयाँ नाफा कमाउन सफल रहेको भएको जनाएको छ ।