नेप्से घट्यो, कारोबार रकम बढ्यो

नेप्से घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं, असार ३१

अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने घटेको छ । नेप्से आज १७ दशमलव १८ अंकले घटेर २२ सय ४० दशमलव ४१ अंकमा झरेकोमा सेन्सिटिभ पनि चार दशमलव शुन्य सात अंकले घटेर तीन सय ९७ दशमलव १८ अंकमा झरेको छ । तीन सय २२ वटा कम्पनीहरुको एक लाख दुई हजार तीन सय ७२ वटा कम्पनीहरुको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार २७ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा जलबिद्युत, लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक बढेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, अन्य र व्यापार समुहको सुचक घटेका छन् । नेप्सेमा सिभिल बैंकको ऋणपत्र २०८२ ले सबैभन्दा बढी कमाएको छ भने जानकी फाईनान्सले सबैभन्दा बढी गुमाएको छ । अपर तामाकोशी हाईड्रोपावर कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।