एकै दिन ७० अंकले बढ्यो नेप्से, नौं अर्ब १३ करोड भन्दा बढीको शेयर किनबेच

एकै दिन ७० अंकले बढ्यो नेप्से, नौं अर्ब १३ करोड भन्दा बढीको शेयर किनबेच

काठमाडौं, साउन १

नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार ७० दशमलव १८ अंकले बढेर २३ सय १० दशमलव ५९ अंकमा पुगेको छ भने सेन्सिटिभ १२ दशमलव ३३ अंकले बढेर चार सय नौं दशमलव ५१ अंकमा पुगेको छ । तीन सय १५ वटा कम्पनीहरुको एक लाख १९ हजार ११ पटकको किनबेच हुँदा आज कुल कारोबार रकम नौं अर्ब १३ करोड ८६ लाख २९ हजार छ सय ४२ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक घटेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहहरुको सुचक उच्च अंकले बढेका छन् । नेप्सेमा आज सिन्धु बिकास बैंकले सबैभन्दा बढी कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रले सबैभन्दा बढी गुमाएको छ । न्यादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।