नेपाल एसबिआई बैंकको एक्सटेन्सन काउन्टर गड्डाचौकीमा

नेपाल एसबिआई बैंकको एक्सटेन्सन काउन्टर गड्डाचौकीमा

काठमाडौं, साउन ३

नेपाल एसबिआई बैंकले कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकी, कञ्चनपुरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंक का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले संयुक्त रुपमा गरेका थिए । 

उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्ता, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । उक्त एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीहरुलाई उनीहरूको वित्तीय÷भन्सार सम्बन्धी  बैंकिङ सेवाहरूलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ । साथै, बैंकले आफ्नो भीमदत्त नगरपालिका–०५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नं–०४ स्थित ४ नंम्बर गल्लीमा स्थानान्तरण गरी नयां परिसरबाट सेवा सुभारम्भ गरेको छ ।

बैंकले हाल सबै क्षेत्रमा एक सय वटा शाखा कार्यालयm २२ वटा एक्सटेन्सन काउन्टर, १९ वटा शाखारहित बैंकिङ सेवा, सात वटा प्रादेशिक कार्यालय र एक सय २१ वटा एटिएम काउन्टर मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।