झण्डै ६० अंकले बढ्यो नेप्से, १५ अर्ब ५४ करोड भन्दा बढीको शेयर कारोबार

झण्डै ६० अंकले बढ्यो नेप्से, १५ अर्ब ५४ करोड भन्दा बढीको शेयर कारोबार

काठमाडौं, साउन ३

नेप्से उच्च अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ५९ दशमलव ६८ अंकले बढेर २४ सय २४ दशमलव ३२ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३७ अंकले बढेर चार सय ३५ दशमलव १४ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरुको एक लाख ८४ हजार सात सय १२ पटकको कारोबारमा तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम १५ अर्ब ५४ करोड ८८ लाख सात हजार तीन सय ३८ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये फाईनान्स र जलबिद्युत समुहको सुचक घटेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक बढेका छन् । नेप्सेमा आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने कुमारी सवल योजनाले सबैभन्दा बढी गुमाएको छ । नेपाल फाईनान्सको भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।