राष्ट्रिय कृषि नवप्रवर्तन प्रतियोगिता २०८१ सम्पन्न, तीन स्टार्टअप फाइनलमा

राष्ट्रिय कृषि नवप्रवर्तन प्रतियोगिता २०८१ सम्पन्न, तीन स्टार्टअप फाइनलमा

काठमाडौं, साउन ४

युवामा नवप्रवर्तन र उद्यमशीलता प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय युवा कृषि नवप्रवर्तन प्रतियोगिता २०८१ बुधबार काठमाडौंमा सम्पन्न भएको छ । युथ इनोभेसन ल्यावले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)सँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रममा नेपालका सातवटै प्रदेशका युवा उद्यमीको सहभागिता रहेको थियो । युवा कृषि उद्यमीलाई कृषि र खाद्य प्रणालीमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सहयोग गर्ने उद्देश्यका साथ आयोजित बुटक्याम्प तीन दिनसम्म सञ्चालन भएको थियो ।

युवा कृषि नवप्रवर्तन प्रतियोगिताका लागि कूल ५८ आवेदनहरू मध्ये २१ कृषिमा आधारित स्टार्टअप प्रतिनिधित्व गर्दै ३८ उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो । यी सहभागीले कृषि तथा प्रविधि, खाद्य प्रणालीदेखि व्यवसाय योजना र अन्य महत्वपूर्ण सवालमा छलफल गरेका थिए । प्रतियोगितामा नेपालका सातै प्रदेशका १८–३० उमेर समूहका युवा नवप्रवर्तक एकै ठाउँमा भेला हुदै कृषि, जैविक मल, कृषि–प्रविधि र नेपाली मौलिक उत्पादनसँग जोडिएका नवप्रवर्तनहरू प्रर्दशनीमा राखिएको थियो ।

उक्त अवसरमा संसद सोबिता गौतमले युवा ऊर्जाले नवप्रवर्तन र परिवर्तनमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने कुरमा जोड दिईन । उनले कृषि क्षेत्रमा व्याप्त समस्यालाई नवप्रवर्तनकारी समाधान मार्फत अन्त्य गर्न सकिने बताईन । त्यसै गरी नेपाल र भुटानका लागि एफएओ प्रतिनिधि केन सिमिजुले आफ्ने संस्थाका प्राथमिकता प्रकाश पादै युवाले थालनी गरेका प्रयासमा आफ्नो साथ रहेको बताईन । यूएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेदांगोदा–लाबेले युवामा लगानी बढाउनु पर्ने आवश्यकतालाई महत्व दिदै युवालाई असफल हुने चिन्ताबाट बाहिर निस्कन आग्रह गर्नुका साथै नयाँ सोच–विचारमा केन्दित हुन प्रोत्साहन बताए । 

युथ इनोवेशन ल्यावका कार्यकारी निर्देशक प्रदीप खतिवडाले बुटक्याम्पमा आफ्नो समय र प्रयास समर्पित गर्ने युवा उद्यमीको प्रशंसा गदै कृषि क्षेत्रमा थप युवा संलग्न हुनुपर्ने खाँचोमा जोड दिए । कार्यक्रममा ५८ मध्ये सबैभन्दा नवप्रवर्तक र विस्तारयोग्य तीन स्टार्टअपलाई जनही एक लाख रुपैयाँ अनुदान हस्तान्तरण गरिएको थियो । विजेता स्टार्टअपहरू सतत्व फूड प्रोडक्ट्स, टावरगानिक्स नेपाल र ज्योति हेल्थी स्न्याक्स् रहेका छन् । यी तीन संस्थाहरू अन्तिम आठ समूहमा छनौट भएका स्टार्टअपहरुले गरेको प्रस्तुतिको आधारमा छनौट भएका थिए । छनौटकर्तामा पहाडी फुड्सका सह–संस्थापक सञ्जय काफ्ले, खेतिपतिका संस्थापक प्रकृति गौतम, एफएओ नेपालका कार्यक्रम विशेषज्ञ अरुण जीसी र यूएनडिपी नेपालका कार्यक्रम प्रबन्धक (वातावरण तथा अनुकुलता) प्रज्ञाजन यलम्बर राई रहेका थिए ।  

कार्यक्रमको बारेमा :

“राष्ट्रिय युवा कृषि नवप्रवर्तन प्रतियोगिता“ युवाहरूमाझ नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धन गर्ने एक प्रयास हो । युथ इनोवेशन ल्यावले यूएनडिपी र एफएवोसँगको साझेदारीमा कार्यान्वयन गरेको यस कृषि नवप्रवर्तन प्रतियोगिताले कृषि–खाद्य क्षेत्रका क्षेत्रमा कार्यरत युवा उद्यमीलाई सघाउने लक्ष्य लिएको छ ।