नेप्सेमा २७ अंकले गिरावट दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए

नेप्सेमा २७ अंकले गिरावट दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए

काठमाडौं, साउन ९,


नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार २७ दशमलव ३२ अंकले घटेर २५ सय ३६ दशमलव ११ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २५ अंकले घटेर चार सय ५२ दशमलव ९३ अंकमा झरेको छ ।

तीन सय ११ वटा कम्पनीहरुको एक लाख ८८ हजार आठ सय ५६ पटकको कारोबारमा चार करोड सात लाख ४७ हजार दुई सय २६ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम १६ अर्ब २० करोड ८५ लाख ७७ हजार तीन सय १४ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये फाईनान्स र होटल तथा पर्यटन समुहको सुचक बढेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी बोटर्लस नेपाल (तराई) लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने चिर्खा हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमार्एको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।