एन आई सी एशिया क्यापिटलको आ.व. २०८०-८१ को प्रगति विवरण सार्वजनिक

एन आई सी एशिया क्यापिटलको आ.व. २०८०-८१ को प्रगति विवरण सार्वजनिक

काठमाडौं, साउन १०

एन आई सी एशिया क्यापिटल टिमिटेडले आर्थिक बर्ष २०८०÷८१ को प्रगति विवरण सार्वजनिक गरेको छ । मर्चेण्ट बैंकिङ्ग व्यवसायमा बढ्दै गईरहेको तिब्र प्रतिस्प्रर्धा, धितोपत्रको दोश्रो बजारको कारोवार समिक्षा अवधिभर नै मन्दी हुनु तथा  समग्रमा देशको अर्थतन्त्र सुस्त भइरहेको समयमा समेत एन आई सी एशिया क्यापिटलले आथिक वर्ष २०८०-०८१ मा आफ्नो समग्र व्यवसायमाउत्साहजन बृद्धि गर्न सफल भएको जानकारी दिएको छ  ।

चुक्ता पूँजी २० करोड रहेको क्यापिटलले समीक्ष आथिक वर्षमा १२ करोड १० लाख भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी ६० रुपैंयाँ ५० पैसा कायम गर्न सफल भएको छ । जुन गत् वर्षको तुलनामा १६ दशमलव १२ प्रतिशतले बढी हो । आषाढ मसान्त, २०८१ को अन्त्यसम्म क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा छ वटा योजनाहरु संचालन गरिरहेको  छ । संचालनमा आएको पहिलो वर्ष देखि नै नगद प्रतिफल वितरण गर्न सफल “एन आई सी एशिया ग्रोथ फण्ड”ले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चांैथो वर्ष १३ प्रतिशत र पाँचौं वर्ष १० दशमलव ५० प्रतिशत गरी हालसम्म ७५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । “एन आई सी एशिया ब्यालेन्सड् फण्ड”ले संचालनमा आएको पहिलो वर्ष आठ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत र चौंथो  वर्ष १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष छ प्रतिशत र तेश्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । उक्त लाभांश वितरण पश्चात् तथा धितोपत्रको दोश्रो बजार तल्लो बिन्दुमा हुँदा समेत आषाढ मसान्त, २०८१ मा क्यापिटलबाट संचालित योजनाहरु“एन आई सी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य ११ रुपैंयाँ ४७ पैसाएन आई सी एशिया ब्यालेन्सड् फण्ड” को खुद सम्पत्तिमूल्य ११ रुपैंयाँ पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य ११ रुपैंयाँ नौं पैसा, तेश्रो बन्दमुखी योजना “एन आई सी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)” को खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ४६ पैसा, चौथो बन्दमुखी योजनाको “एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड”को ११ रुपैंयाँ ३४ पैसा र पाँचौं बन्दमुखी योजना एन आई सी एशिया ग्रोथ फण्ड–२ को खुद सम्पत्ति मुल्य १० रुपैंयाँ सात पैसा कायम गर्न सफल भएको छ ।

नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” अन्तर्गत सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) तथा सिस्टमेटिक विथड्रल प्लान (एसडब्लु पी) योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहजै रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।

क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत (आईडिया टु आईपिओ) सेवा संचालन गरिरहेको छ । जस अन्तर्गत २०८१ आषाढ मसान्तसम्म २८वटा कम्पनीहरुसंग दुई पक्षिय सम्झौता सम्पन्न भई कार्यहरु गरिरहेको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु संचालन गरीे आ.व. २०८०÷०८१ को अन्त्यसम्ममा सात सय चार जना ग्राहकहरुबाट दुई अर्व ३४ करोड भन्दा बढी रकमको लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत समय समयानुकुल ग्राहकमुखी नविनतम् योजनाहरु संचालन गरिरहेको छ । उक्त सेवा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था मिलाइएको छ । लगानी व्यवस्थापन सेवा अन्तर्गतको रकम गर्त वर्षको तुलनामा १६ दशमलव ५७ प्रतिशतले बढी हो ।

क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनतामाझँ पु¥याउन एन आई सी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्य अन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । क्यापिटलले २०८१ आषाढ मसान्तसम्म सात लाख ३६ हजार भन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत २०८१आषाढ मसान्तसम्म २४ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म २१ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन कार्य सम्पन्न गरी सम्बन्धित कम्पनीहरुलाई १३ अर्ब भन्दा बढी शेयर पूँजी संकलन गरिदिन सफल भएका छौं । आषाढ मसान्तसम्म३८ वटा भन्दा बढी कम्पनीको व्यक्ति तथा संस्थाहरुको नाममा रहेको विभिन्न कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ । साथै चार वटा कम्पनीको शेयर सर्वसाधारणमा निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा पेश गर्न सफल भएको छ ।