कारोबार रकम बढ्यो
काठमाडौं, साउन १७,
नेप्से घटेको छ । यसअघि लगातार बढेको नेप्से आज बिहिबार भने पाँच दशमलव २९ अंकले घटेर २७ सय ५५ दशमलव ६२ अंकमा पुगेको छ । । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २९ अंकले घटेर चार सय ९२ दशमलव ७५ अंकमा सिमित भएको छ ।
तीन सय ३२ वटा कम्पनीह्रुको दुई लाख २९ हजार आठ सय १३ पटकको कारोबारमा पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार कारोबार रकम २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार सात रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी र सामुहिक लगानी कोष समुहको सुचक बढेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक घटेका छन् ।
नेप्सेमा आज हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर मुल्य बढेको छ भने पिपुल्स हाईड्रोपावर लिमिटेडको शेयर मुल्य घटेको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।