गोर्खाज फाइनान्सको सञ्चालकमा राई र भट्टराई

गोर्खाज फाइनान्सको सञ्चालकमा राई र भट्टराई

काठमाडौं, साउन २१
 

गोखार्ज फाइनान्स लिमिटेडको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक समुहको सञ्चालक पदमा बाँकी अवधिको लागि युवराज राईलाई नियुक्त गरेको छ ।

नेपाल सरकारमा उपसचिव पदमा रही लामो समय निजामती सेवामा कार्यरत रही सेवा निवृत राईसँग कोष तथा लेखा नियन्त्रण कार्यालय एवं भौतिक योजना तथा निर्माण मन्त्रालय लगायत विभिन्न विभाग र मन्त्रालयमा कार्य गरेको अनुभव रहेको छ ।
 

त्यसैगरी सोही बैठकले रित्त रहेको स्वतन्त्र सञ्चालक पदमा प्रविण भट्टराईलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ बमोजिम आगामी चार वर्षको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी सेवा निवृत्त भट्टराईसँग विभिन्न वित्तीय संस्थामा सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको कार्यानुभव समेत रहेको छ ।
 

नवनियुक्त सञ्चालकहरुले गोर्खाज फाइनान्सको प्रगतिमा अतुलनीय योगदान पुऱ्याउने विश्वास संस्थाले लिएको छ ।