देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्न वर्तमान सरकार क्रियाशील छः उपप्रधानमन्त्री सिंह

देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्न वर्तमान सरकार क्रियाशील छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २२ साउनः

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताउनुभएको छ । सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बारम्बार सरकार परिवर्तनले जनतामा निराशा बढ्दै गएका बेला उनीहरूमा सकारात्मक सन्देश प्रवाह गर्ने देशका दुई ठूला दलले सत्ता साझेदारी गरेका बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सरकारको राजनीतिक सन्देश जनजीविकाका सवालमा प्रभावकारी काम गर्नुपर्छ भन्ने छ ।” फरक प्रसङ्गमा उहाँले सहरी क्षेत्रका समस्या समाधानका लागि सुधारका धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि नीतिगत सुधार र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै उहाँले फोहरमैला व्यवस्थापन, खुला क्षेत्र, सडक, यातायात व्यवस्थापनलगायत क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा उक्त मन्त्रालयका निमित्त सचिव पद्यकुमार मैनालीले मन्त्रालयबाट हालसम्म भएका कामबारे जानकारी दिनुभएको थियो ।