नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक

काठमाण्डौं, साउन २२
 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका पूजनीय पिता श्रवण कुमार अग्रवालको ७७ वर्षको उमेरमा श्रावण २१ गते सोमबार उनको निवास सानेपामा स्वर्गारोहण भएको खबरले नेपाल उद्योग परिसंघलाई स्तब्ध बनाएको छ ।
 

ुऔद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा निरन्तर क्रियाशिल रहेका थिए । सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय रहनुभएका अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग संचालनमा छन् ।
 

मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहनुभएका स्वर्गीय अग्रवाल दुई पटक संविधान सभाको सदस्य रहनुभयो । गौशाला लगायत अन्य पठ मन्दिर निर्माणमा योगदान गरेका उनले संस्थागत एवं व्यक्तिगत रुपमा सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आएका थिए । स्वर्गीय अग्रवालका श्रीमती दुलारी, एक छोरी बबिता, दुई छोराहरु राजेश र विष्णु रहेका छन् ।
 

स्वर्गीय अग्रवालको पार्थिव शरीरलाई आज मंगलबार बिहान ११ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । स्वर्गीय अग्रवालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष राजेशकुमार अग्रवाललगायत परिवाजनप्रति परिसंघ गहिरो समवेदना अर्पण गर्दछ ।