स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु ः खेलकुदमन्त्री चौधरी

स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु ः खेलकुदमन्त्री चौधरी

काठमाडौं, साउन २२


युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटके नयाँ ऐ बनाउन पहल गर्ने बताएका छन् । मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले भने, ’स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको छ ।


२०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, र बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावित अवस्थामा रहेका छन् । अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ ।’ उनले देश संघीय संघरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रुपान्तरण गर्नुपर्नेमा जोड दिए । ’स्काउटलाई पनि संघीय संरचना अनुसार देशभरमा लैजाउनुपर्छ । ७५३ वटै नगरपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मिल्छ ।’ उनले भने ।


मन्त्री चौधरीले हाल युवा तथा बालकालिकाहरूमा हुनपर्ने सामाजिक संस्कार र नैतिकवान संस्कार विस्तारै खस्किदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले भने, ’अहिले बालबालिका र युवाहरूमा सामाजिक संस्कार र नैतिक चरित्रको कमी देखिराखिएको छ। विस्तारै यसमा ह्रास आइरहेको छ । स्काउटले यसमा पहल गर्न जरूरी भइसकेको छ ।’ स्काउटले प्राकृतिक प्रोकोपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री चौधरीले स्काउटलाई थप चलायमान बनाउन लागि पर्ने बताए ।


स्काउट अहिले ७ दशमा पार गरिसकेको छ । चाँडै नै शाताब्दी मनाउने मोडमा आइपुगेको छ,’ उनले भने, ’स्काउटको लक्ष्य हासिल गर्न के पहल गर्नुपर्छ म तयार छु । उनले स्काउटलाई अन्तराष्ट्रिय जगतमा चिनाउँदै सबैलाई आ–आफ्नो ठाउँबाट समाजमा असल काम गर्न आग्रह गरे ।