एकैदिन एक सय ४५ अकले घट्यो नेप्से

एकैदिन एक सय ४५ अकले घट्यो नेप्से

काठमाडौं, साउन २२
 

अघिल्लो दिन बढेको नेप्से आज मंगलबार भने उच्च अंकले घटेको छ । नेप्से आज एक सय ४५ दशमलव शुन्य पाँच अंकले घटेर २६ सय ५१ दशमलव ३२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि २७ दशमलव २२ अंकले घटेर चार सय ६४ दशमलव ५६ अंकमा झरेको छ । तीन सय २२ वटा कम्पनीहरुको दुई लाख ७१ हजार पाँच सय ८७ पटक शेयर किनबेच भएको छ

। जसबाट पाँच करोड ३८ लाख ४४ हजार दुई सय ३७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार आठ सय ७४ रुपैंयाँ पुगेको छ ।
 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार सहितका सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । 
 

नेप्सेमा आज थ्रि स्टार हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने नेपाल फाईनान्सले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।