द टाइम्स इन्टरनेसनले रोजगारीको ग्यारेन्टी सहितको बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्ने

द टाइम्स इन्टरनेसनले रोजगारीको ग्यारेन्टी सहितको बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं, साउन २२


डिल्लीबजार स्थित द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टी सहितको बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


कलेजले दूर शिक्षाको सहयोग तथा विश्वको सबैभन्दा ठूलो अनुसन्धान संस्था तथा विश्वकै सबैभन्दा ठूलो मध्येको एक आइटी कम्पनी आइबिएमको करियर एजुकेसनसँगको सहकार्यमा बिबिएम र बिसिए कार्यक्रम सञ्चालन गर्न लागेको हो । न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको यस कलेजले स्वदेशमै अन्तराष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउने  उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपानेले जानकारी दिए ।


विद्यार्थीलाई विश्वव्यापी रुपमा सक्षम र सफल बनाउन आवश्यक आधुनिक भौतिक पूर्वाधार सहित सञ्चालित यस कलेजको आफ्नै अत्याधुनिक र सुविधा सम्पन्न  ल्याब, पुस्तकालय,  छात्रावास, यातायातका साधन, क्याफ्टेरिया, खेल मैदान  रहेका  छन्  ।


शैक्षिक क्षेत्रमा मात्र नभएर खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा समेत यस कलेजले उत्कृष्ट स्थान हासिल गर्दै आएको न्यौपानेले बताए । कलेजका विद्यार्थीहरूले शैक्षिक र पेशागत क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पाएको सफलताले यसको गुणस्तरलाई प्रमाणित गरिरहेको उनको भनाइ छ  । विभिन्न सेमेस्टरहरूमा त्रिभुवन विश्वविद्यालयमा राष्ट्रिय रुपमै उत्कृष्ट स्थान हासिल गर्दै आइरहेको यस कलेजमा बिबिएम, बिसिए, बिए एसडब्लु, बिबिएस र एमबिएसका साथै कक्षा ११ र १२ का  कक्षाहरू पनि सञ्चालन भइरहेका छन् ।  


त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा सञ्चालन गरिएका बिबिएम र बिसिएका कार्यक्रममा आइबिएमसँगको  सहकार्यले विद्यार्थीहरूका लागि विश्वव्यापी अवसरहरूको ढोका खुल्ने उनले बताए । साथै विद्यार्थीहरू विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरूमा रोजगारी प्राप्त गर्न  सफल हुने उनको दावी छ ।


न्यौपानेले भने, ’सम्पूर्ण उत्तिर्ण विद्यार्थीहरूलाई रोजगारीको ग्यारन्टी छ । एकातिर त्रिविको सेमेस्टर कार्यक्रम अर्कोतिर आइबिएमको तालिम, त्यसले विद्यार्थीलाई व्यावसायिक र प्राविधिक क्षेत्रमा सफल हुन आवश्यक सीपहरूले निपूर्ण बनाउने र उद्यमशीलता समेत प्रवर्द्धन गर्छ,’ उनले भने,’जसबाट उनीहरू आफ्नै पेशा व्यवसाय सफलरुपमा सञ्चालन गर्न र विश्वका विभिन्न अन्तराष्ट्रिय कम्पनीहरूमा रोजगारीका अवसर प्राप्त गर्न सफल हुन्छन् ।’


जुनसुकै आर्थिक अवस्थाका भएपनि जेहेन्दार विद्यार्थीले यस्ता प्रभावकारी शैक्षिक कार्यक्रमबाट वञ्चित हुनु हुँदैन भन्ने कलेजको मान्यता रहेकोले यी विषय अध्ययनका लागि न्यूनतम शुल्क नै कायम गरिएको उनले बताए ।