लिबर्टी माइक्रो लाइफद्धारा सुरक्षित बाल भविष्य योजना सञ्चालन

लिबर्टी माइक्रो लाइफद्धारा सुरक्षित बाल भविष्य योजना सञ्चालन

काठमाडौं, साउन २२


लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबच्चा लक्षित नयाँ बीमालेख सुरक्षित बाल भविष्य योजनाको बिक्री सुरु गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार यो बीमालेख अन्तर्गत १ महीना देखि १७ वर्ष उमेर सम्मका बालबालिकाको जीवन बीमा गरिन्छ । यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च शिक्षा, विवाह÷ब्रतबन्ध जस्ता सामाजिक कार्य वा पेशा ब्यवसाय शुरु गर्नका आर्थिक स्रोत प्रदान गरी उज्वल भविष्य निर्माणमा सहयोग गर्दछ । 


यस योजना अन्तर्गत न्युनतम ८ वर्ष देखि अधिकतम २५ वर्ष अवधिसम्मको बीमा गर्न सकिने र न्युूनतम बीमांक रकम २५ हजार रुपैंैैयाँदेखि अधिकतम बीमांक रकम पाँच लाख रुपैंयाँसम्म लिन सकिनेछ ।  


कम्पनीले ल्याएको बालबच्चाको बीमालेखका विशेषता तथा आर्कषणहरु आफ्नो बालबच्चाको उज्वल भविष्य सुनिश्चित गर्न उपयुक्त बीमा योजना भएको, बीमालेखको अवधि समाप्तिमा बीमाङ्क रकम तथा प्रत्याभूत गरिएको आय सहित प्राप्त हुने एकमुष्ठ रकमले बालबच्चाको उच्च शिक्षा, पेशा ब्यवसाय तथा विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यका लागि आर्थिक स्रोतको सुनिश्चितता प्रदान रहेको छ ।

यसैगरी बालबच्चाको बीमा गर्दा प्रस्तावक (बुवा÷आमा÷कानूनी संरक्षक) को पनि जोखिम रक्षावरण हुने, बीमा गरेको अवधि १९ वर्ष वा सो भन्दा कम भएमा रु.२५÷– प्रतिहजार प्रतिवर्ष र २० वर्ष वा सो भन्दा माथि भएमा रु.३५÷– प्रतिहजार प्रतिवर्ष आय प्रत्याभूत गरिएको छ । यसैगरी सस्तो÷किफायति बीमाशुल्क दर भएकोले न्युन आयवर्ग लगायत सबैका लागि सुहाँउदो बीमा योजना  भएको, अनलाईन माध्यमबाट सरल एव छरितो तरीकाले घरमै बसि बीमा आवेदन गर्न, बीमाशुल्क भुक्तानी गर्न तथा बीमालेख प्राप्त गर्न सकिने, उक्त बीमालेखसंग प्रस्तावकले दुर्घटना मृत्यु लाभ तथा पूर्ण स्थायी अशक्तता लाभ सुविधा थोरै अतिरिक्त बीमाशुल्क तिरी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।