अब नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत सजिलै नमस्ते पे वालेटमा पैसा लोड गर्न सकिने

अब नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत सजिलै नमस्ते पे वालेटमा पैसा लोड गर्न सकिने

काठमाडौं, साउन २२
 

नमस्ते पे र नबिल बैंक बीच प्रयोगकर्ताहरूलाई नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत सीधै नमस्ते पे वालेटमा पैसा लोड गर्न सक्ने सेवा प्रदान गर्ने समझदारी भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छे र नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्माले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । 
 

नबिल बैंक र नमस्ते पे बीचको यो साझेदारीले प्रयोगकर्ताहरूलाई आफ्नो नमस्ते पे मोबाइल वालेटमा नबिल बैंकको मोबाइल बैकिङ एपबाट सहजरुपमा पैसा लोड गर्न सक्ने सुविधा प्रदान गर्दछ । नमस्ते पे प्रयोगकर्ताहरूले अब नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत सहज तरिकाले आफ्नो आवश्यकता अनुरुप पैसा लोड गरि विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । नमस्ते पे र नबिल बैंक बीचको यो साझेदारीले डिजिटल भुक्तानी सेवाहरूमा सुविधाको विस्तार गरी उपभोक्ता अनुकूल सेवा प्रदान गर्न नमस्ते पे को प्रतिबद्धतालाई जोड दिन्छ ।
नमस्ते पे सधै नयाँ सेवाहरू जस्तैः अफलाइन मोड, स्प्लिट बिल, र रिक्वेस्ट मनी जस्ता सुविधाहरू प्रस्तुत गर्न अग्रणी रहेको छ । यी अपडेटहरू नमस्ते पे को डिजिटल भुक्तानी समाधानलाई सबैका लागि पहुँचयोग्य बनाउन, डिजिटल विभाजनलाई कम गर्न र नेपालमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न गरिएको निरन्तर प्रयासको एक हिस्सा हो ।

 

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जस अनुरुप एस्ट्रीक ५०० ह्यास डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले अफलाइन सेवाहरू प्रयोग गर्न सक्दछन् ।