पुनःनिर्माण भएको सरस्वती माध्यमिक विद्यालय

पुनःनिर्माण  भएको सरस्वती माध्यमिक विद्यालय

गोदार(धनुषा), २३ साउनः

जनकपुरधाम उपमहानगरपालिका–९, सरस्वती टोलमा निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको सरस्वती नमुना माध्यमिक विद्यालय ।

विसं २००४ मा स्थापित जनकपुरधाममा रहेको यस विद्यालयमा सङ्घीय गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति डा रामवरण यादवलगायत विशिष्ट व्यक्तिहरुले माध्यमिक शिक्षा यसै विद्यालयमा हासिल गर्नुभएको थियो ।

शहरी विकास मन्त्रालय मातहतको निकायबाट पुनःनिर्माण भएको यस विद्यालयको शिलान्यास पनि डा यादवले नै गर्नुभएको हो ।

तस्बिरः अमरेन्द्रकुमार यादव/रासस