प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित

प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौ, साउन २४,
 

नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ साउन२२ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उनलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन ।  
 

साथै नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ जेठ १३ गतेको निर्णयअनुसारप्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षक ई. दिपेश जोशीलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन । 
 

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रदर्शन गरेको दक्षता, कुशलता, इमानदारिता र राष्ट्र, जनता एवम् संगठनप्रति पुर्या्एको योगदानको उच्च मूल्याङ्कनको आधारमा पदोन्नति भएको उनले चर्चा गरे । 
 

प्रहरी महानिरीक्षक कुँवरले सांगठनिक सुदृढिकरण र संगठनको बृहत्तर हितको लागि पदोन्न्ति भएका प्रहरी अधिकृतहरूले अझ बढी क्रियाशील र समर्पित भएर विशिष्टिकृत ढंगबाट कार्यसम्पादन गर्ने विश्वास लिएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितको लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए । नेपाल प्रहरीको कार्यसम्पादनको स्तरलाई नविनतम प्रविधिको प्रयोगसँगै समायानुकूल परिमार्जन गर्दै लैजानुपर्नेमा उनले जोड दिए । 
 

प्रहरी सेवा प्रतिको अपेक्षा एवम् गुनासो बढिरहेको र त्यसका लागि उच्च मनोबल भएको प्रहरी आवश्यक रहेको हुँदा यस तर्फ हामी सबैले मनन गरी अगाडि बढ्न जरूरी रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘हामीले चाहेको खण्डमा हामी प्रतिको समाजको दृष्टिकोण, समाजमा परिवर्तन र सुधार ल्याउन सम्भव भएकोले यो कार्यको शुरूवात आफैबाट हुन जरूरी छ । तसर्थ यो वर्दीको इज्जत बढाउनेतर्फ हरदम केन्द्रीत हुनुहोस् । यो नै हामी सबैको हितमा हुन्छ । परम्परागत सोँचाइ र शैलीलाई त्यागेर आ–आफ्नो स्थानबाट व्यावसायिक इमानदार, निष्ठावान् र कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’  
 

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीलेसंगठनको नीतिलाई अंगिकार गर्दै कार्यसम्पादन गर्ने बताए । पदोन्नतिसँगै थपिएको जिम्मेवारीमा जवाफदेहिता, पारदर्शिताका साथ आफ्नो भूमिका निर्वाह गर्ने एवम् संगठनको श्रीवृद्धिमा सदैव कटिवद्ध रहने प्रतिवद्धता उनले व्यक्त गरे ।  
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

 

बाढी, पहिरो लगायतका विपदमा परी हालसम्म १६८ जनाको मृत्यु
 

काठमाडौं, साउन २४
 

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी बिहीबार दिउँसोसम्म १ सय ६८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मार परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५३ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६८ जनाको मृत्यु भएको हो । 
 

साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चि,म प्रदेशमा १४ जना गरी जम्मा २ सय १ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चि म प्रदेशमा ५ जना गरी जम्मा १ सय १० जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ३ जना,लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिेम प्रदेशमा १ जना गरी ५० जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । 
 

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ६९ वटा घर, १ सय २ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ६४ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का् घटनाबाट ४ हजार २ सय ९२ घर परिवार विस्थापित भएका छन् ।
 

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।


 

उपचारको क्रममा अस्पतालबाट फरार भएका कैदी पक्राउ
 

मोरङ, साउन २४

उपचारको क्रममा अस्पतालबाट फरार भएका कैदी बिराटनगर महानगरपालिका–८ बस्ने २४ वर्षीय मोहमद अहमदलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई जहदा गाउँपालिका–१ तारेगाबाट पक्राउ गरेको हो । 
जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद र ५ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई अहमद जिल्ला कार्यागार मोरङमा २०७९ फागुन २९ गतेबाट कैद भुक्तान गरिरहेका थिए । पेट दुख्ने बिरामी भई गत साउन १५ गतेबाट कोशी अस्पताल बिराटनगरमा उपचार गराई रहेका उनी साउन १७ गते बिहान शौचालय जाने क्रममा भागी फरार भएका थिए । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

 

चोरीमा संलग्न व्यक्ति पक्राउ
 

सुनसरी, साउन २४
 

ललितपुर महानगरपालिका मङ्गलबजारस्थित लक्ष्मण शंकरको चाँदीको पसलबाट चाँदी र चाँदीले बनेको भाँडाकुँडा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ गौरीगाउँ बस्ने २६ वर्षीय प्रबिन राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
बिगत १ महिनादेखिउक्त पसलमा काम गर्दै आएका राईले गत शनिबार चाँदी र चाँदीले बनेका भाँडाकुँडा चोरी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरर इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो ।

साथै प्रहरीले उनको घरमा लुकाई छिपाई राखेको ४ किलो १ सय ८७ ग्राम २६ मिलिग्राम चाँदी र चाँदीले बनेका भाँडाकुँडा समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।