नागपोखरीमा नागको पूजा गर्दै भक्तजन

काठमाडौँ, २५ साउनः
काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा नागको पूजा आराधना गर्दै भक्तजन । आजको दिन नागको तस्बिर घरको ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
तस्बिर:हरिराम भेटुवाल/रासस