सनराईज म्युचुअल फण्ड र सनराईज फोकस्ड इक्विटीफण्डद्धारा लाभाँश घोषणा

सनराईज म्युचुअल फण्ड र सनराईज फोकस्ड इक्विटीफण्डद्धारा लाभाँश घोषणा

काठमाडौैं, साउन २५
 

सनराईज म्युचुअल फण्ड र सनराईज फोकस्ड इक्विटीफण्डले लाभाँश घोषणा गरेका छन् । लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “सन्राइज फस्र्ट म्युचल फण्ड” र “सन्राइज फोकस्ड इक्विटी फण्ड” नामक बन्दमुखी योजनाहरुको आर्थिक २०८०÷८१ को लेखापरिक्षण कार्य सम्पन्न गरी लाभाँश वितरणको निर्णय गरेका हुन । 
 

कम्पनीका अनुसार योजना व्यवस्थापकको यही साउन २४ गते बसेको संचालक समितिको एक सय ४५ औं बैठकले आर्थिक वर्ष २०८०÷८१ को  लागि “सन्राइज फस्र्ट म्युचल फण्ड” का इकाईधनीहरुलाई कर सहित १२ दशमलव पाँच प्रतिशत र “सन्राइज फोकस्ड इक्विटी फण्ड” का इकाईधनीहरुलाई कर सहित चार दशमलव पाँच प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।