नेप्सेमा हालसम्म कै उच्च रकम कारोबार

नेप्सेमा हालसम्म कै उच्च रकम कारोबार

काठमाडौं, साउन २८,


नेप्सेमा हालसम्म कै उच्च रकमको कारोबार भएको छ । आज सोमबार नेप्से ७० दशमलव ८१ अंकले बढेर २९ सय ३१ दशमलव ६५ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ५६ अंकले बढेर पाँच सय १२ दशमलव ४७ अंकमा पुगेको छ ।

तीन सय ३९ वटा कम्पनीहरुको दुई लाख ८३ हजार ४७ पटकको कारोबारमा छ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम २७ अर्ब २४ करोड २० लाख ३४ हजार सात सय ६५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा लगानी र उत्पादनमुलक समुहको सुचक घटेपनि बाँणिज्य बैंंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक बढेका छन् ।

नेप्सेमा आज सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाएको छ भने कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।