आईएमई लाईफमा प्रमुख कार्यकारी फुँयालको दोस्रो कार्यकाल थप
काठमाडौं, साउन २९,
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकाल थप भएको छ । कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो ।
उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरयही साउन २८ गते सोमबार पुनः दोस्रोकार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएको कम्पनीले जानकारी दिएको छ ।