आठ अंकले घट्यो नेप्से

आठ अंकले घट्यो नेप्से

काठमाडौं, साउन २९,


नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार आठ दशमलव १८ अंकले घटेर २९ सय २३ दशमलव ४६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३२ अंकले घटेर पाँच सय ११ दशमलव १५ अंकमा पुगेको छ ।

तीन सय २२ वटा कम्पनीह्रुको दुई लाख ४१ हजार छ सय ६५ पटकको कारोबारमा पाँच करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ सय ३३ रुपैंैयाँ कायम भएको छ ।

 नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा बाँणिज्य बैंक, फाईनान्स, जीवन बीमा, लगानी र व्यापार समुहको सुचक बढेका छन् भने बिकास बैंक, जलबिद्युत, निर्जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक घटेका छन् ।

नेप्सेमा आज मातृभुमी लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने नेपाल फाईनान्सले सबैभन्दा बढी गुमाएको छ । आज नेपाल फाईनान्स कै सबैभन्दा बढी रकम कारोबार भएको छ ।