खुम्चियो मुलुकको निर्यात व्यापार एक बर्षमा एक खर्ब ५२ अर्बको वस्तु निर्यात
काठमाडौं, भदौ २,
मुलुकको निर्यात व्यापार खुम्चिएको छ । राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी आर्थिक वर्ष २०८०÷०८१ को वित्तीय प्रतिवेदन अनुसार कुल वस्तु निर्यात तीन प्रतिशतले खुम्चिएर एक खर्ब ५२ अर्ब ३८ करोड रुपैंयाँ कायम भएको हो । अघिल्लो वर्ष यस्तो निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो ।
राष्ट्र बंैंकका अनुसार गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः तीन दशमलव तीन प्रतिशत र चार दशमलव तीन प्रतिशतले घटेको छ भने चीनतर्फ भएको निर्यात ४६ दशमलव छ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिष्टर धागो, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, ब्रान्स, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा वर्षमा कुल वस्तु आयात एक दशमलव दुई प्रतिशतले कमी आई १५ खर्ब ९२ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १६ दशमलव एक प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः तीन प्रतिशत र १७ दशमलव छ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।
राष्ट्र बैंकका अनुसार निर्याततर्पm भैरहवा, जलेश्वर, कृष्णनगर, मेची, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा एक प्रतिशतले कमी आई १४ खर्ब ४० अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात नौं दशमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात नौं दशमलव सात प्रतिशत रहेको थियो । समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ५१ अर्ब ७६ करोड बराबरको वस्तु आयात भएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो आयात एक खर्ब ५४ अर्ब ४२ करोड बराबरको भएको थियो । वृहत्त आर्थिक वर्गीकरण अनुसार आर्थिक वर्ष २०८०÷८१ मा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६ दशमलव चार प्रतिशत र ४२ दशमलव नौं प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात शुन्य दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४ दशमलव सात प्रतिशत, शुन्य सात दशमलव सात प्रतिशत र ४४ दशमलव छ प्रतिशत रहेको थियो ।
समीक्षा वर्षमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४८ दशमलव आठ प्रतिशत, पुँजीगत वस्तुको नौं दशमलव सात प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१ दशमलव पाँच प्रतिशत रहेको छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः ५३ दशमलव दुई प्रतिशत, आठ दशमलव चार प्रतिशत र ३८ दशमलव तीन प्रतिशत रहेका थिए ।