गाजा आक्रमणका क्रममा १७० पत्रकारको मृत्यु

गाजा आक्रमणका क्रममा १७० पत्रकारको मृत्यु


गाजा, भदौ ५

गत अक्टोबर–७ मा गाजा पट्टीमा इजरायली  आक्रमण सुरु भएदेखि शहीद भएका पत्रकारहरूको सङ्ख्या १७० पुगेको छ ।

गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजा शहरको मुस्तफा हफेज विद्यालयलाई निशाना बनाई गरिएको आक्रमणमा पत्रकार हम्जा अब्दुल रहमान मुर्तजाको शहादतपछि मृत्यु भएका पत्रकारहरूको सङ्ख्या १७०  पुगेको उल्लेख छ ।

विज्ञप्तिमा विश्वव्यापी पत्रकारिताको क्षेत्रमा अन्तर्राष्ट्रिय इजरायली कब्जालाई रोकी  अपराधका लागि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन र पत्रकारको हत्या र  अपराध रोक्न दबाब दिन आह्वान गरिएको छ ।

इजरायली कब्जामा रहेको विमानले मङ्लबार गाजामा सयौँ विस्थापितलाई आश्रय दिँदै एक विद्यालयमा बम प्रहार गरेको थियो ।  जसमा अधिकांश महिला तथा बालबालिकासहित १२ जना प्यालेस्टिनीहरू मारिएका थिए भने दर्जनौं घाइते भएका थिए ।

गाजा आक्रमणको १० महिनाभन्दा बढी समयदेखि जारी छ । युद्धका कारण परिणामस्वरूप दशौँ हजार शहीद, घाइते र बेपत्ता छन्, आक्रमणले पूर्वाधार र महत्त्वपूर्ण सुविधाहरूको विनाश गरेको छ । निरन्तरको आक्रमणले गाजामा खाना, पानी, औषधि र ईन्धनलगायतको आपूर्ति अवरुद्ध भएको कारण गाजापट्टीमा अकल्पनीय मानवीय सङ्कट निम्त्याएको छ । रासस/क्यूएनए
---