दुई अंकले बढ्यो नेप्से

दुई अंकले बढ्यो नेप्से

काठमाडौं, भदौ ५

नेप्से झिनो अंकले बढेको छ । आज बुधबार नेप्से दुई दशमलव ११ अंकले बढेर २९ सय ६८ दशमलव ४४ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २५ अंकले बढेर पाँच सय ३० दशमलव ११ अंकमा पुगेको छ । तीन सय ३७ वटा कम्पनीहरुको दुई लाख १४ हजार तीन सय १९ पटकको कारोबारमा चार करोड १४ लाख ५४ हजार छ सय ११ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार सात सय ९२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये आज वाणिज्य बैंक, बिकास बैंक, फाइनान्स, लगानी र अन्य समूहको सूचक बढेका छन्  भने जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुखी, लघुवित्त, सामूहिक लगानी कोष र व्यापार समूहको सूचक घटेका छन् ।

नेप्सेमा आज कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाएको छ भने कर्णाली बिकास बैंकले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।