हुन्डाईको फेष्टिभ डिलाइट २०८१ सार्वजनिक

हुन्डाईको फेष्टिभ डिलाइट २०८१ सार्वजनिक


काठमाडौं, भदौ ६

हुन्डाईको फेष्टिभ डिलाइट २०८१ सार्वजनिक भएको छ । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. दशैं–तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको हो ।

आफ्ना ग्राहकवहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यहि परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिँदै आएको छ ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरिदमा रु. १० लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्तग र्न सक्नेछन् । आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।

आउँदै गरेको ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकहरुले पनियस योजना बाट लाभान्वित हुन सक्नेछन । नाडा अटोशो २०२४ मा हुन्डाईको ए २ स्टल भ्रमण गरेर सम्पूर्ण ग्राहकहरुले हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ । 

यसै अवसरमा हालै चलिरहेको हुन्डाई टेस्ट ड्राईभ एण्ड वीन क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइन अपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरु हात खाली नहुनेगरी प्राप्त गर्न सक्ने कम्पनीको भनाई छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १६ शोरुमहरु, १९ सर्भिस सेन्टरहरु तथा ४३+ चार्जिङ्ग  पोइन्ट मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले  विश्व भरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।