राष्ट्रिय वाणिज्य बैंकले ल्यायो सात दशमलव ७७ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो सात दशमलव ७७ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने

काठमाडौं, भदौ ६
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सात दशमलव ७७ प्रतिशत ब्याजदरमा सवारी  कर्जा दिने भएको छ । नजिकिदैं गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजना अन्तर्गत सात दशमलव ७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट) प्रयोजनको लागि फेस्टिभ अफर अफ भेहिकल लोन गाडी कर्जा योजना ल्याएको छ । 

बैंकका अनुसार मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ । कर्जा रकमको शून्य दशमलव ५० प्रतिशत सेवा शुल्क लाग्ने छ । गाडीको कोटेशनमा अंकित मूल्यको विधुतीय गाडी (इभी) को हकमा बढिमा ८० प्रतिशत र पेट्रोल/डिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ बढिमा सात वर्ष सम्म कर्जा अवधि दिइने यो योजना २०८१ भदौ १ देखि कातिक मसान्तसम्म मात्र लागू हुने छ । यो योजना अन्तर्गत कर्जा लिइएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुने छैन । निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुने छ ।  

बैंकका अनुसार यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा  एक्स्टेन्सन काउन्टर रहेको छ ।