ग्लोकल टीन हिरो नेपाल १० औं संस्करणका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा
_MdPORhAaSR_rls3v1p6qrhhmiiwpyklj30ffftmtguqb7xav0iwruhggfgve8drhvxyjhsp_atL3IxRWZm_zixfzfy378ubumck9a4x6ti900x3ougw3m8ysdwzujucdtrw9yuphw0ej7ag.jpg)
काठमाडौं, भदौ ६
ग्लोकलद्वारा आयोजित गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो २०२४का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देशभरिका किशोर किशोरीहरुबाट कुल ७०९ आवेदन आएकोमा बिहिबार अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा गरिएको हो ।
किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गरी अरु माझ चिनाउने कार्यक्रम ग्लोकल टिन हिरो नेपालको यो दशौं संस्करण हो । हरेक बर्ष झैँ यस वर्षपनि सेप्टेम्बर १, २०२४ मा अवार्ड कार्यक्रम र सम्मेलन मार्फत गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिने छ ।
ग्लोकल टिन हिरो २०२४ का अन्तिम ६ प्रतिस्पर्धीहरू यसप्रकार छन् : आशिष पन्थी (१९, प्राविधिक शिक्षक, कपिलवस्तु; घनश्याम विश्वकर्मा (१९, बालअधिकारकर्मी, रुकुम); निश्चल भट्टराई (१६, शैक्षिक कार्यकर्ता, स्याङ्जा); पूर्णिमा तिम्सिना (१७, बाल अधिकार कार्यकर्ता, झापा); सजनी शर्मा (१९, सामाजिक कार्यकर्ता, कास्की); र श्रीजय सुवेदी (१८, प्राविधिक उत्साही, पर्सा) । उत्कृष्ट २० किशोर किशोरीहरूबाट उनीहरुको कामको सुरुवात, दिगोपन र प्रभावको आधारमा अन्तिम ६ प्रतिस्पर्धीकोे छनोट निर्णायक टोलीद्वारा भएको हो ।
यस बर्षको निर्णायक टोलीमा एस इष्टिच्युट अफ म्यानेजमेन्टका डाइरेक्टर आशिष तिवारी, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, डब्लु डब्लु यफ का कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, नेपालका लागि युएन वुमनकी प्रतिनिधि, प्याट्रिसिया फर्नान्डेज पाचेको, गोल्छा ग्रुप लिमिटेडकी डाइरेक्टर सीमा गोल्छा, तथा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिकलोरेन्जो रहेका छन् ।
यस वर्षपनि अन्तिम ६ प्रतिस्पर्धीहरुले आत्मदक्षता कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन जहाँ उनीहरूले उद्योगका शीर्ष कर्पोरेट व्यक्तित्वहरू, राजदूत एवम अन्य विशिष्ट व्यक्तित्वहरुसँग अन्तरक्रिया गर्ने मौका पनि पाउनेछन् । सेप्टेम्बर १ मा निर्णायकहरूको प्यानलद्वारा आन्तिम ६ प्रतिस्पर्धीको व्यक्तित्व मापदण्ड, ज्ञान र दूरदर्शनको मापनको लागि अन्तर्वार्ता हुनेछ र २०२४ को बिजेता घोषणा गरिने छ ।
एसएमएस भोटिंग राउन्ड अगस्ट २१, बेलुका ५ बजेदेखि अगस्ट ३१, ५ बजेसम्म खुल्ला रहनेछ, जसले गोल्छा ग्रुपद्वारा प्रस्तुतग्लोकल टिन हिरो नेपालको विजेता छनोटमा पनि योगदान गर्नेछ । प्रतिस्पर्धीहरूलाई भोट गर्न, तपाईंको मनपर्ने फाइनलिस्टको भोटिंग कोड ३५००१ माएसएमएस गर्न सकिने छ । दशिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितिमा गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोे नेपाल अवार्ड कार्यक्रम सेप्टेम्बर १, २०२४ मा सोल्टी होटेल काठमाडौँमा सञ्चालन हुने छ ।