घरको यस दिशामा लगाउनुहोस् यि बिरुवा, लक्ष्मीनारायणको कृपा प्राप्त हुन्छ

घरको यस दिशामा लगाउनुहोस् यि बिरुवा, लक्ष्मीनारायणको कृपा प्राप्त हुन्छ

काठमाडौं, भदौ ७ ।  
वास्तुशास्त्रमा धेरै बिरुवाहरुको उल्लेख गरिएको छ, जसलाई सही दिशामा र सही स्थानमा रोप्दा धनको बाटो खुल्छ । यति मात्र होइन घरमा सुख, समृद्धि र ऐश्वर्य बास हुन्छ तथा लक्ष्मीनारायणको कृपा प्राप्त हुन्छ।

वास्तुशास्त्रमा यस्ता धेरै शुभ र अशुभ वनस्पतिको उल्लेख गरिएको छ, जसको प्रभाव मानिसको जीवनमा देख्न सकिन्छ।  घरमा सही दिशा र सही स्थानमा रोप्दा घरमा सकारात्मक उर्जा उत्पन्न हुन्छ। साथै कुण्डलीमा रहेका ग्रहहरुको अशुभ प्रभाव कम हुन्छ ।

घरमा हिबिस्कसको बिरुवा रोप्दा मानिसलाई मंगल दोषबाट मुक्ति मिल्ने वास्तुविद्हरु बताउँछन् । यससँगै सूर्यको स्थिति बलियो हुन्छ । जीवनमा आर्थिक संकटबाट बच्नको लागि, घरमा हिबिस्कस रूख रोप्न सल्लाह दिइन्छ।

वास्तुशास्त्रमा केही यस्ता बिरुवाहरु छन्, जसलाई घरमा लगाउनाले व्यक्तिको कुंडलीका ग्रह दोषहरु हटेर अशुभ प्रभावबाट मुक्ति मिल्छ । मानिसको जीवनमा शान्ति आउँछ। साथसाथै व्यक्तिले आफ्नो जीवनमा धन, सुख र समृद्धि प्राप्त गर्दछ।

वास्तु अनुसार घरमा तुलसीको बिरुवा जस्तै बेसारको बिरुवा लगाउनु उपयुक्त हुन्छ । यो बिरुवा रोप्दा घरमा सुख(समृद्धि आउनुका साथै व्यक्तिको स्वास्थ्यमा पनि प्रभाव पार्छ। बेसारको बिरुवाले वैवाहिक समस्यालाई हटाउँछ । बेसारको बिरुवाको नियमित पूजा गर्नाले बृहस्पति बलवान हुन्छ ।

वास्तुशास्त्र अनुसार घर बाहिरको उत्तर-पूर्व कुनामा अनारको बोट रोप्नु शुभ मानिन्छ। यो बिरुवा रोप्दा धेरै प्रकारका ग्रह दोषबाट मुक्ति मिल्छ । साथै, भगवान शिवलाई महमा डुबाएर अनारको फूल चढाउनुहोस्। यसो गर्नाले व्यक्तिले सबै समस्याबाट मुक्ति पाउँने वास्तुविद्हरु बताउछन् ।

शनिदेवलाई शमीको रुख अति प्रिय हुन्छ । शनिदेवलाई प्रसन्न पार्न शमीको बोटको नियमित पूजा गरिन्छ । यसका साथै घरबाट निस्कँदा दाहिने तर्फबाट दर्शन गर्नाले व्यक्तिको दिन राम्रो हुन्छ ।