नेको इन्स्योरेन्सद्धारा खेर नजाने बीमा योजना सुरु

नेको इन्स्योरेन्सद्धारा खेर नजाने बीमा योजना सुरु

 
काठमाडौं, भदौ ७  

नेको इन्स्योरेन्स कम्पनीले खेर नजाने बीमा योजना सुरु गरेको छ । देशको बीमा बजारमा विगत २८ वर्ष देखि सेवा प्रदान गर्दै आएको नेकोले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै यात्रा बीमा योजना अन्तर्गत खेर नजाने यात्रा बीमा योजना ल्याएको हो ।

यात्रा बीमा अन्तर्गत तपाई आफ्नो देश बाहिर यात्रा गर्दा हुने अप्रत्याशित र आपतकालीन खर्चहरुको जोखिम बहन गरिने कम्पनीको भनाई छ । यस अन्तर्गत यात्राको क्रममा हुन सक्ने व्यक्तिगत दुर्घटना, अप्रत्यासितरुपमा हुन सक्ने मेडिकल खर्च, व्यक्तिगत दायित्व, यात्रामा हुने ढिलाई, हाईज्याक अर्थात अपहरण, कानुनी खर्च आदि रहेका छन् । यो योजना अन्तर्गत वैदेशिक यात्रामा रही माथि उल्लेख भएका अनेक सुविधाहरुको साथसाथै यात्राबाट स्वदेश फर्किदा समेत महिनौँसम्म पनि स्वास्थ्य उपचार र दुर्घटना बीमाको सुविधा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।