तोलामा पाँच सयले घट्यो सुनको मूल्य

तोलामा पाँच सयले घट्यो सुनको मूल्य


 काठमाडौं, भदौ ७

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार प्रतितोला रु एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ । बिहीवार प्रतितोला रु एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार आठ सय १५ निर्धारण भएको छ ।
---