नमस्ते पे वालेटमा नबिल बैंक मार्फत ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र एयर पड जित्ने मौका

नमस्ते पे वालेटमा नबिल बैंक मार्फत ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र एयर पड जित्ने मौका

काठमाडौं, भदौ ७

नमस्ते पे ले नबिल बैंक मार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र एयर पड जित्न सक्ने नयाँ अफर सुरु गरेको छ । यो अफर २०८१ भदौ सात गतेदेखि २०८१ भदौ २१ गतेसम्म मान्य कम्पनीले जानकारी दिएको छ ।  
प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा नबिल बैंक को मोबाइल बैंकिङ एप मार्फत ब्यालेन्स लोड गर्न सक्नेछन् । साथै लक्की ड्र मार्फत एक भाग्यशाली प्रयोगकर्ताले स्र्माट वाच र दुई भाग्यशाली प्रयोगकर्ताहरूले एयर पड जिन सक्नेछन् । यो अफरमा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरि अफर अवधिभर बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफर बाहेक कुनै पनि सेवाको कम्तिमा एक पटक भुक्तानी गरेको हुनुपर्दछ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जस अनुरुप एस्ट्रीक ५०० ह्यास डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले अफलाइन सेवाहरू प्रयोग गर्न सक्दछन् ।