तनहुँ दुर्घटनाः मृत्यु हुनेको संख्या २७, मृतक सबैको सनाखत

तनहुँ दुर्घटनाः मृत्यु हुनेको संख्या २७, मृतक सबैको सनाखत

काठमाडौं, भदौ ७

तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा वतन नखुलेका १६ वर्षीय सुहास राय, १० वर्षीया परी भारते, ६० वर्षीय सल्बा भारन्दे भारते, ५० वर्षीया निलिमा जाउडे, ४२ वर्षीया सरला रानी, ४४ वर्षीय पङ्कज भङ्गाडे, ५० वर्षीय सन्दीप राजाराम सरादे, ५७ वर्षीया निलिमा झाण्डे, ५५ वर्षीय तुलसीराम ताइडे, ४० वर्षीय गणेश मानन्दे, ४३ वर्षीया पल्लादे सरादे, ४५ वर्षीया अनिता पाटेल, नाम नखुलेका ५० वर्षीया महिला, ५२ वर्षीया भारती जाउडे रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।

त्यस्तै, मृत्यु हुनेमा ५१ वर्षीया रोहिणी जाउडे, ६० वर्षीया सुलोमा भारण्डे, ४५ वर्षीय सुवास राणे, ५० वर्षीय प्रकाश नाथकोटी, ३५ वर्षीया लीना भारण्डे, नामथर नखुलेका ५०÷५५ वर्षीय पुरुष, ६० वर्षीय सुधाकर ताउडे, ३५ वर्षीय सागर जाउडे, ४५÷५० वर्षीया सरोज मनोज झिरुक, नामथर नखुलेका ३५÷४० वर्षीय पुरुष, २५ वर्षीय अनुद सरद, ५६ वर्षीया भारती जाउडे र ५१ वर्षीया सरला तुलसीराम तायडे रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा घाइते हुनेहरूमा ६० वर्षीय सुनिल झाण्डे, ४५ वर्षीया भारती पटेल, ३२ वर्षीय अविनास पटेल, ४५ वर्षीया रेखा कोटी, ५५ वर्षीय न्यारेश्वर नोन्डे, ५८ वर्षीय आनन्द इक्ले, ६० वर्षीया आशा पाण्डुरा, ६० वर्षीया सारदा पटेल, ५५ वर्षीय प्रवीण पटेल, ४० वर्षीया मनिषा भङ्गाडे, ५६ वर्षीय हेमराज सरौती, ५८ वर्षीय आशा बोन्डे, ४३ वर्षीया रुपाली सरौदी, ४५ वर्षीया सीमा झिङ्गठे, ६० वर्षीय सुनोदिन झाउडे, ५५ वर्षीया नेलिमा घेरोङ रहेका छन् । 

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए । रासस



---