नेप्सेमा एक सय ११ अंकको पहिरो

नेप्सेमा एक सय ११ अंकको पहिरो

काठमाडौं, भदौ ११ ।
नेप्सेमा भीषण पहिरो गएको छ । आज मंगलबार नेप्से एक सय ११ दशमलव ९६ अंकले घटेर २७ सय ८२ दशमलव ६० अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि २२ दशमलव ८७ अंकले घटेर चार सय ९६ दशमलव ४७ अंकमा सीमित भएको छ । 

नेप्सेमा आज तीन सय ३० वटा कम्पनीहरुको दुई लाख ३४ हजार तीन सय ६० पटकको कारोबारमा चार करोड ३८ लाख ६८ हजार नौं सय ७० कित्ता शेयर खरिद बिक्री भएको छ । सो अनुसार आज कुल कारोबार रकम १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार एक सय ७० रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन समुहको सूचक बढेपनि  वाणिज्य बैंक, विकास बैक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा तारागाउँ रिजेन्सी होटल लिमिटेड परेको छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल फाइनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी परेको छ ।