नाडा विशेष अफरः नयाँ सिरेस-३, ४५.४९ लाखमा

नाडा विशेष अफरः नयाँ सिरेस-३, ४५.४९ लाखमा


काठमाडौं, भदौ ११

नेपालमा सिरेस गाडीका आधिकारिक आयातकर्ता एमएडब्लु ब्रिदीले नाडा अटो शो २०२४ को अवसरमा नयाँ सिरेस–३, मा विशेष अफर घोषणा गरेको छ । उक्त घोषणा अनुसार ग्राहकले अब नयाँ सिरेस–३, कम्फ्रोट मोडललाई ५४.४९ लाखमा प्राप्त गर्न सक्नेछन् । जबकि प्रिमियम मोडलको मूल्य मात्र ४८.८७  लाख रहेको छ  । 

यी विशेष मूल्यहरू नाडा विशेष अफर अन्तर्गत पर्न आउँछन्, जसले नयाँ सिरेस–३, लाई अपार मूल्यको साथ उपलब्ध गराएको छ । सिरेस–३, ले उन्नत प्रविधि, बलियो निर्माण गुणस्तर, र स्टाइलिश एसयुभी डिजाइनलाई संयोजन गर्छ । बलियो सडक उपस्थिति र प्रभावशाली अफ–रोड क्षमताहरूका लागि परिचित, सिरेस–३, ले कठिन कोरोला सिमानाको भूभागलाई पार गर्ने पहिलो विद्युतीय सवारीको रूपमा यसको स्थायित्व प्रमाणित गरेको छ ।

यस सीमाहीन अफर लाई नछुटाउन नाडा अटो शो २०२४ मा सिरेस स्टल ए ६ मा भ्रमण गर्न र विशेष मूल्यको फाइदा लिन कम्पनीले आग्रह गरेको छ ।