प्रख्यात चिनिया ब्राण्ड जोइलोङ्ग तथा एसआरएम गाडीको नेपालमा प्रवेश

प्रख्यात चिनिया ब्राण्ड जोइलोङ्ग तथा एसआरएम गाडीको नेपालमा प्रवेश


काठमाडौं, भदौ १२

भिजी मोटर्स कम्पनीले नाडा अटो शो लाई मध्यनजर गरी  प्रख्यात चिनिया विद्धुतिय गाडी उत्पादन कम्पनी जोइलोङ्ग तथा एसआरएमका ८ वटा नयाँ मोडलहरुलाई नेपाली बजारमा प्रवेश गराएको छ । काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी ८ वटा मोडलहरुले नेपाली उपभोक्तालाई आवश्यक कमर्सियल गाडीहरुका माग पूरा गर्ने कुरामा कम्पनी विश्वस्त रहेको जनाएको छ । 

जोइलोङ्ग तथा एसआरएम मित्र राष्ट्र चीनको सबै भन्दा ठूला कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीका रुपमा चिनिन्छ ।  हाल नेपाली बजारमा बिक्री वितरण हुँदै आएको एकाध ब्राण्ड बाहेक सबै एसेम्ब्लर उद्योग बाट उत्पादन भएका हुँदा, कालान्तरमा उपभोक्ताले विक्री पश्चातको सर्विस तथा पार्ट पुर्जा उपलब्धतामा दुःख  पाउने सम्भावना अत्यधिक रहेको छ ।  यस सम्भावनालाई मध्यनजर गरी भिजि मोटर्सले चीनको अत्याधुनिक उद्योगमा, विश्व स्तरीय गुणस्तरमा आफैले गाडी उत्पादन गर्ने कम्पनीहरु जोइलोङ्ग तथा एसआरएमका गाडीहरु नेपालमा भित्र्याएको हो ।  यसले गर्दा कमर्सियल गाडी खरिद गरेपछि आगामी १५/२० वर्ष सम्म यी कम्पनीहरुले राम्रो सर्भिस तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्न सक्छ ।  

जोइलोङ्ग कम्पनीका ठूला १५/१७/२० सिटर माइक्रो बस अनावरण गर्दै महाप्रबन्धक श्री ज्याङ्गले भन्नु भयो “जोइलोङ्गका ठूला माइक्रो बसहरु वर्षौ देखि अध्ययन र अनुसन्धान तथा परीक्षण गरि डिजाइन गरिएको हुन्छ । जस्तोसुकै बाटोमा चलाउन सकिने गरि डिजाइन गरिएको छ । हाल जोइलोङ्गका गाडीहरु विकसित मुलुकहरु जस्तै अस्ट्रेलिया, सिंगापुर, मलेसिया जस्ता देशहरु मा अत्याधिक रुचाइएका हुन् । बजारमा उपलब्ध अन्य गाडीहरु भन्दा जोइलोङ्गका गाडीमा जडान गरिएको पावरफुल मोटर र ठुलो ब्याट्रीले अत्यधिक रेन्ज दिने गरेको कुरा महाप्रबन्धक ज्याङ्ग बताउनु हुन्छ । 

उक्त पत्रकार सम्मेलनमा भिजि मोटर्सले चीनको प्रख्यात कम्पनी एसआरएम बाट उत्पादित नेपाली बजारको मागलाई मध्यनजर गरि ५ वटा विभिन्न प्रकारका गाडीहरु पनि अनावरण गरेको छ । यी ५ वटा मोडलहरुमा टी–३ पिक अप र २ सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान  तथा ५ सिटर र ११ सिटर भ्यान रहेको छ । हाल नेपाली बजारमा प्रयोग भैरहेका प्रदूषण गर्ने डिजेल गाडीहरुलाई यी इलेक्ट्रिक गाडीले विस्थापित गर्ने कुरामा कम्पनी विस्वस्त छ ।
कार्यक्रममा बोल्दै एसआरएम कम्पनीका महाप्रबन्धक श्री लि ग्वा ले भन्नु भयो “साना कमर्सियल र विधुतिय कमर्सियल गाडीहरु सबै बाहिर बाट हेर्दा उस्तै देखेता पनि एसआरएम कम्पनी बाट उत्पादन गरिने गाडीहरु सबै भन्दा सुरक्षित, टिकाउ तथा बलियो बडीका साथ बनाइन्छ । नेपाल सरकारले एयर ब्याग अनिवार्य नगरेता पनि राजमार्गमा चल्ने सबै एसआरएम गाडीमा एयर ब्याग तथा एबिएस जस्ता सुरक्षाका उपकरणहरु जडान गरेर पठाउने गरेको छ ।”

अन्य चिनीया कम्पनीको तुलनामा निजि क्षेत्रबाट प्रवधित गरिएको कम्पनी एसआरएम हो जुन हरेक पल विश्वस्तरीय सेवा ग्राहकलाई दिन तत्पर रहने गरेको छ । आगामी ३ वर्षमा एसआरएमले नेपाली बजारमा थप नयां मोडलहरु ल्याउने लक्ष्य राखेको छ ।  एसआरएम तथा भिजि मोटर्सको सहकार्य बाट नेपाली बजारमा सबै भन्दा उत्कृष्ट विक्री पश्चातको सेवा ग्राहकले पाउने छन् भन्ने कुरामा कम्पनी ढुक्क छ ।

कार्यक्रमको अन्त्यमा बोल्दै भिजि मोटर्सका सीइओ विवेक बिजुक्छे बताउनु हुन्छ, “कमर्सियल इलेक्ट्रिक गाडीहरुको बजारको कुरा गर्ने हो भने, हाल नेपालले विश्वका सबै देशहरुलाई पछाडी पारेको छ ।  यो ट्रेन्डलाई अगाडि बढाउन सहयोग गर्ने सम्पूर्ण ग्राहक तथा सरकारलाई धन्यवाद दिनु पर्ने हुन्छ । अब सरकारले थप केही यो क्षेत्रमा गर्ला भनेर आशा गरेर कुर्नु  भन्दा निजि क्षेत्रले आफैले चार्जिंङ्ग स्टेसनको स्थापना गर्ने गरिरहेको यो परिस्थितिमा, भिजि मोटर्सले पनि यस आर्थिक वर्षमा ११० वटा चार्जिंङ्ग स्टेसन र नेपाल अधिराज्य भरि १८ वटा इलेक्ट्रिक गाडीहरुको सर्विस स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ । 
उहाँले सम्पूर्ण ग्राहक महानुभावलाई ढुक्क भएर जोइलोङ्गका ठूला माइक्रोबस र एसआरएमका साना माइक्रोबस किन्नको लागि अनुरोध गर्नु हुन्छ ।  

कार्यक्रममा विक्री सुरुवात गरिएको जोइलोङ्ग मोडलका विवरण निम्न प्रकारका छन्।  
जोइलोङ्ग इए ४ ,१५ सिटर (रु. ६४ लाख, ८६ किलो वाट/आवर)
जोइलोङ्ग इए ५, १७ सिटर (रु. ६० लाख, ६० किलो वाट/आवर )
जोइलोङ्ग इए ६, २० सिटर (रु. ७६ लाख, किलो वाट/आवर)
त्यसै गरी एसआरएमका मोडलका विवरण निम्न प्रकारका छन् ।  
एसआरएम टी –३ पिकअप (रु. ३६ लाख, ४२ किलो वाट/आवर )
एसआरएम २ सिटर कार्गो  (रु. ३८ लाख, ४२ किलो वाट/आवर )
एसआरएम ५ सिटर कार्गो (रु. ४० लाख, ४२ किलो वाट/आवर )
एसआरएम ३२ म्याजिक (रु ३५ लाख, ३२ किलो वाट/आवर )
एसआरएम ४२ रेगुलर (रु ४५ लाख ५० हजार, ४२ किलो वाट/आवर ) 

भिजी मोटर्सको मुख्य उद्देश्य भनेको नै बिक्रि पश्चातको सेवा हो । उत्कृष्ट बिक्री पछिको सेवा प्रदान गरेर ग्राहकहरूको अपेक्षाहरू भन्दा माथि उठ्नु र ग्राहकको मन जित्नु नै भिजी मोटर्सको उद्देश्य  रहेको छ । विशाल ग्रुपको सहायक कम्पनी भिजि मोटर्सले नेपालमा अत्याधुनिक अटोमोबाइल साधनहरु  बिक्री वितरण गर्दै आएको छ । नवीनता र दिगोपनालाई अघि बढाउने प्रतिबद्धताका साथ,  भिजि मोटर्सले विश्व–स्तरीय इलेक्ट्रिक गाडीहरू प्रस्तुत गरेर देशको यातायात क्षेत्रलाई सबल बनाउने लक्ष्य राखेको छ ।