नेप्सेमा ३६ अंकले गिरावट, कारोबार रकम पनि घट्यो

नेप्सेमा ३६ अंकले गिरावट, कारोबार रकम पनि घट्यो


काठमाडौं, भदौ १३

नेप्से उच्च अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से ३६ दशमलव ८३ अंकले घटेर २७ सय ४९ दशमलव ५७ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ आठ दशमलव ३५ अंकले घटेर चार सय ८९ दशमलव ७९ अंकमा सीमित भएको छ । 

नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको एक लाख ४६ हजार दुई सय चार पटकको कारोबारमा दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकोमा सामूहिक लगानी कोष समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार सहितका १२ वटा समुहहरूको सूचक घटेर रातै भएका छन् । 

कारोबार भएका कुल कम्पनीहरु मध्येमा आज कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, सनराइज फोकस्ड इक्विटी फण्ड आदिको शेयर मूल्य बढेका छन् भने थ्रि स्टार हाईड्रोपावर कम्पनी, माईखोला हाइड्रोपावर लिमिटेड आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने गुडविल फाइनान्स, अपी पावर लिमिटेड, राधी जलविद्युत कम्पनी आदि परेका छन् ।