टाटा मोटर्सद्वारा उत्साह, उमङ्गको दशैं योजना सार्वजनिक

टाटा मोटर्सद्वारा उत्साह, उमङ्गको दशैं योजना सार्वजनिक

नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा। लि। ले यो वर्षको दशैंलाई लक्षित गर्दै ग्राहकहरूको उत्साह, उमङ्ग अनि हर्ष उच्च राख्न विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ जस अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोजेर लिन सक्नेछन्।

होम अप्लायन्स अन्तर्गत वासिङ्ग मेसिन, फ्रिज, एसी, टि।भी, माइक्रो वेभ छन् भने ग्याजेट अन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिन्छ । यस्तै टुर प्याकेज अन्तर्गत मरिसस, ब्याङ्कक, मलेसिया, दुबई वा युरोप रहेका छन् । यस्तै बुकिङ्ग गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्नेछन्।

यो योजना टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा लागु हुने र आफूले खरिद गरेको गाडी अनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

सिप्रदी ट्रेडिङ्ग कमर्सियल भिअह्कल बिजनेस युनिटका सिनियर जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार  सिप्रदी आफ्ना ग्राहकहरुको उत्साहलाई बढाई राख्न र उहाँहरुको व्यवसायमा सकारात्मक भूमिका निर्वाह गर्न सदा क्रियाशील रहेको छ । हरेक वर्षझैँ यो वर्ष पनि ग्राहकहरूको तर्फबाट अफरसम्बन्धि  सकारात्मक प्रक्रिया आएको उनले बताए । उनका अनुसार यो योजना असोज १४ गते सम्म लागू हुनेछ ।

विस्तृत जानकारी का लागि पैसा नलाग्ने टोल फ्री नम्बर  १६६००१५५७७७ ९नेपाल टेलिकमका प्रयोगकर्ताका लागि० र ९८०१५७५७७७ ९एनसेलका प्रयोगकर्ताका लागि० मा सम्पर्क गर्न सकिने छ।