ललितपुरको भैंसेपाटीस्थित एक होस्टलमा विद्यार्थी मृत भेटिए

ललितपुरको भैंसेपाटीस्थित एक होस्टलमा विद्यार्थी मृत भेटिए

ललितपुर, भदौ १६

ललितपुरको भैंसेपाटीस्थित एक होस्टलमा विद्यार्थी मृत भेटिएका छन् ।

ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाईबल स्कुलको होस्टेलमा बसी अध्ययन गर्ने मोरङ घर भएका २९ वर्षीय सकलु मर्डी सोही होस्टेलमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । मृतक छारे रोगको बिरामी रहेको बुझिएको छ । शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यसैगरी ललितपुरको ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित बाग्मती करिडोरको डिलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।