सारफीको नेतृत्व राष्ट्र बैंकमा हस्तान्तरण, गभर्नर अधिकारी अध्यक्ष चयन

सारफीको नेतृत्व राष्ट्र बैंकमा हस्तान्तरण, गभर्नर अधिकारी अध्यक्ष चयन

काठमाडौं, भदौ १९

साउथ एशिया रिजन फाइनान्सियल इन्कुल्सन इनिसियटिभ (सारफी) को नेतृत्व राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरण सँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सारफीको अध्यक्ष चयन हुनुभएको छ । 

मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्सात्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी एलायन्स फर फाईनान्सियल इन्क्लुजन (एएफआई) ग्लोवल पोलिसी फोरमको बैठक चलिरहेको छ । सो बैठकका का क्रममा सारफीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गर्नुभयो ।

बैठकले स्टेट बैंक अफ पाकिस्तान (एसबिपी) लाई सारफीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सारफीको नेतृत्व माल्दिभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष हुनुहुन्थ्यो ।

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ग्लोवल पोलिसी फोरमको १२ औं बैठकका क्रममा सारफी स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन् । क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नेलगायतका उद्देश्य सारफी स्थापना गरिएको थियो ।