जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ


रोम, भदौ २०

इटालीको लाम्पेडुसा टापुमा जहाज डुब्दा भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युएनएचसिचारले आफ्नो सामाजिक सञ्चाल एक्समार्फत भनेको छ, “सेप्टेम्बर १ मा एक जहाज दुर्घटना भएपछि भूमध्यसागरमा बीस जना बेपत्ता भएका छन् । इटालीका लागि संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको अधिकारी चियारा कार्डोलेटीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भन्नुभएको छ “हाम्रो टोलीले लाम्पेडुसामा लगेर बाँचेका सातजनाको अवस्था गम्भीर छ ।”

केही इटालियन मिडिया रिपोर्टहरूले बेपत्ताको सङख्या २१ जना रहेका, जसमा तीन बच्चाहरू छन् ।
इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) का अनुसार सन् २०२३ मा उत्तर अफ्रिकाबाट भूमध्यसागर पार गर्ने प्रयास गरेपछि थप तीन हजार आप्रवासी बेपत्ता भएका छन् ।
---