यो दशैंमा सि.जी.को सामान खरिदमा डब्बल खुसी

यो दशैंमा सि.जी.को सामान खरिदमा डब्बल खुसी

काठमाडौं, भदौ २३

नेपालको सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सि. जी. ले दशैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसंग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुको दशैँ तिहार थप उल्लासमय बनाउन लक्षित यस योजनाले प्रत्येक सि. जी. का सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् । 

यस योजना अन्तर्गत, सि. जी. तथा सि.जी. मेरिडियाका सामानहरुको खरिदमा रु ६०,५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सक्नुहुनेछ ।
यस स्किममा निम्न पक्का उपहारहरु रहेका छन,
–    सि. जी. टि.भी. ६५“ र ७५“ र सि. जी. क्यूलेड(५५“ र माथि) को खरिदमा २.१ स्पिकर फ्री
–    सि. जी. रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री
–    सि. जी. रेफ्रिजरेटर (साइड बाई साइड/मल्टीडोर) को खरिदमा मेरिडिया भ्याकुम फ्री
–    सि. जी. माइक्रोवेभ ओभनको खरिदमा कुकिंगकिट फ्री
–    सि. जी. फ्रन्ट लोड वाशिङ मेशिनको खरिदमा एरियल (६ किलो) फ्री
–    सि. जी. सेमी र टप लोड वाशिङ मेशिनको खरिदमा एरियल (३ किलो) फ्री
–    सि. जी. डिशवाशर को खरिदमा डिशवाशर किट फ्री

यस चाडपर्व अफरमा ग्राहकहरूलेसि. जी. टि.भी. (३२“ देखि ५५“ सम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ । त्यस्तै, यो योजना अन्तर्गत सि. जी. स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सकिने छ  । 

त्यसैगरी, सि. जी. ले आफ्ना ग्राहकहरूलाई सि. जी. एयर कन्डिसनर खरिद गरेबापतनिःशुल्क जडान प्रदान गर्दछ । यो योजना भाद्र २३, २०८१ बाट नेपालभर सीमित अवधिको लागि देशभर लागू हुनेछ ।
नेपालकै नं. १ र ठुलो ब्राण्ड सि.जी. प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गरी सि.जी.ले सि.जी. मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।